सिंगापुरमा सुजाताले उडाउँदैछिन् सरकारी पैसा
६ मंसिर, काठमाडौं । आफ्ना बाबु काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको उपचारमा सहयोग गर्न गएकी उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता सिंगापुरमा विलसी दिनचर्या बिताउँदैछिन् । स्रोतअनुसार उनी एक सातादेखि पिताको उपचारमा सहयोग गर्न भन्दा विलासी होटल, कार र खानपानमा रमाइरहेकी छन् । कोइरालासँगै गएका उनका चिकित्सकद्वय मनबहादुर केसी र जिजुनाथ पोखरेल, भतिजा शेखर कोइराला, स्वीय सचिब शेखर थापा र निजी सुरक्षाकर्मी महेन्द्र मरासिनी आफैले खोजेर सामान्य होटलमा बस्दै आएका छन् । सिंगापुरमा उनीहरुको यातायात खर्चसमेत सामान्य छ ।
कोइरालपुत्री सुजाता भने ‘उपप्रधानमन्त्रीलाई स्तरीय होटल चाहिन्छ’ भन्दै सिंगापुरको महङ्गोमध्ये पर्ने डिलक्स होटलमा बस्दै आएकी छन् । उनी डिलक्स होटलको पनि महङ्गो कक्ष ‘प्रेसिडेन्सियल स्विट’ मा बस्दै आएकी छन् ।
सुजाता दैनिक १४ सय अमेरिकी डलर (१ लाख ५ हजार रुपैयाँ) पर्ने स्विटमा बसेको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
होटलमा मात्र नभई सुजाताले भाडामा लिएको कार पनि अत्यन्त विलासी छ । उनले संसारमै महङ्गोमध्ये पर्ने लेमोनिज कार लिएर चढ्दै आएकी छन् । सुजाताले सात दिनदेखि भाडामा चढिरहेको लेमोनिज कारको दैनिक भाडा २ हजार सिंगापुर डलर (करिब २ लाख रुपैयाँ) छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहीकालमा रोयल्स रोयस र लमोजिन कार झिकाउँदा विवादमा परेका थिए । उक्त लेमोनिज कार हाल राष्ट्रपति डा. रामबरण यादवले चढ्छन् ।
सुजाताको जीवनयापन विलासीमात्र छैन, सरकारी ढुकुटीबाट उपहार दिने सवालमा पनि उत्तिकै दानी छन् । उनले भारत, पोर्चुगल र इजिप्ट भ्रमणका क्रममा भेटेका विदेशी समकक्षीलाई ५ लाख ५ लाख २६ हजार रुपैयाँ बराबरका चाँदीका प्लेट उपहार दिएकी थिइन् । उपहार प्लेटमा उनले आफ्नो नाम र पद लेख्ने गरेकी छन् । यसअघि नपाली मन्त्रीहरुले नेपाली परम्परागत हस्तकला र कलात्मक सामान उपहार दिने गर्थे । ती सामान सुजाताले दिएका चाँदीका प्लेटभन्दा अत्यन्त सस्तो पर्दछन् ।![]()
साभार:नागरिक दैनिक

बाग्लुङका कक्षा १०मा अध्ययनरत कुसल के. सी को सोलर कार पुस्तक प्रदर्शन तथा शैक्षिक महत्सव बुटवलमा प्रदर्शनको रुपमा राखिदै। बुटवलमा कुसल के. सी लाई बाल बैज्ञानीक को रुपमा सम्मान गरिएको थियो। कुसलको कार ५ प्यानलको सोलर सक्तिले फ्याराडेको मोटर नियममा गूड्ने कार हो । बाल बैज्ञानीकको यो आबिस्कार नेपालकै पहिलो सोलर कार एवम नौलो प्रबिधी रहेको छ।


0 comments:
Post a Comment